काठमाडौं । पश्चिम सेती जलविद्युत आयोजना निर्माणको माग गर्दै शनिबार काठमाडौंमा प्रदर्शन भएको छ । ‘पश्चिम सेतीका लागि काठमाडौंमा कचौरा’को नारा दिएर युवाहरुले माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् ।
आफूहरु आयोजनाका लागि कचौरा लिएर माग्न बसेको आयोजक बोलन्य थली धनगढीका संयोजक यादव जोशीले बताए । उनले भने, ‘आयोजना बन्ने आशमा अजनजीविकासँग जोडिएको काम पनि गर्न नपाउने, आयोजना पनि नबन्ने अवस्था बन्यो । यो तत्काल अन्त्य गर्नुपर्छ भन्ने हाम्रो माग हो ।’
सरकारले सन् २०१२ मा पश्चिम सेती आयोजना चिनियाँ कम्पनी थ्री गर्जेजलाई दिएको थियो । तर लामो समय आयोजना ओगटेर बसेको उसले क्षमता घटाएर पनि बनाउन चाहेन । बाँधस्थल प्रस्तावित स्थानको भूगर्भ, उचाई र प्रभावितको पुर्नस्थापना लगायतको कारण देखाएर पश्चिम सेती बाहिरयो ।
अहिले एसआर(६ समेत बनाउने गरी पश्तिम सेतीका लागि लगानीकर्ताको खोजी भइरहेको छ ।