८७ हजार नगदसहित ८ जुवाडे पक्राउ

Share post:

काठमाडौं

काठमाडौंको शान्तिनगरबाट ८ जना जुवाडे पक्राउ परेका छन्।

शान्तिनगरको ओमशान्ति चोकबाट ८७ हजार नगदसहित ८ जना जुवाडे पक्राउ परेको प्रहरी वृत्त बानेश्वरले जानकारी दिएको हो ।

प्रहरीले पक्राउ परेका व्यक्तिहरुको नाम भने गोप्य राखेको छ । पक्राउ परेका सबै जुवाडेलाई बानेश्वर वृत्तमै राखिएको प्रहरीले जनाएको छ ।

ताजा समाचार