फेरी बढ्यो सुनको मूल्य, कति पुग्यो?

Share post:

काठमाडौं – साताको पहिलो दिन आइतबार सुन चाँदीको मूल्य बढेको छ ।

शुक्रबार ७५ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ३ सय रुपैयाँले बढेर प्रतितोला ७५ हजार ५ सय रुपैयाँ कायम भएको हो ।

त्यस्तै, तेजाबी सुन प्रतितोला ७५ हजार २ सय रुपैयाँ कायम भएको छ ।

शुक्रबार ८ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १० रुपैयाँले बढेर प्रतितोला ८९५ रुपियाँमा कायम भएको नेपाल सुनचाँदी व्यावसायी महासंघ जनाएको छ ।

ताजा समाचार