कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीद्धारा उत्कृष्ट कर्मचारी र सेवाग्राही सम्मानित

Share post:

महेन्द्रनगर ।
कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीले उत्कृष्ट कर्मचारी र सेवाग्राहीलाई सम्मान गरेको छ ।

आइतवार ६८ औँ अन्तराष्ट्रिय भन्सार दिवसका अवसरमा भन्सार कार्यालयले २ जना उत्कृष्ट कर्मचारी र २ जना उत्कृष्ट सेवाग्राहीलाई सम्मान गरेको हो ।

सम्मानित हुनेहरुमा कर्मचारीहरुतर्फ भन्सार कार्यालयका नायव सुब्बा युवराज खड्का र कार्यालय सहयोगी जंगबहादुर बोहरा छन् भने सेवाग्राहीमा एजेन्टका तर्फबाट दान बहादुर बिष्ट र व्यवसायिक फर्मको तर्फबाट मनोज कुमार मल्ल रहेका छन् ।

उनिहरुलाई भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत भीमप्रसाद अधिकारी र उद्योग वाणिञ्ज संघ कञ्चनपुरका अध्यक्ष जंगबहादुर मल्लले दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

उत्कृष्ट कर्मचारी र सेवाग्राहीलाई भन्सार कार्यालयमा आइतवार अन्तराष्ट्रिय भन्सार दिवसका अवसरमा एक कार्यक्रमको आयोजना गरेर सम्मानित गरिएको थियो ।

ताजा समाचार