काठमाडौं । संघीय संसद प्रतिनिधिसभाको सभामुखमा अग्नि सापकोटा निर्वाचित हुनुभएको छ । आज बसेको संसद बैठकले सापकोटालाई निर्विरोध निर्वाचित गरेको हो ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार सापकोटालाई राष्ट्रिय जनता पार्टी ९राजपा०का सांसद लक्ष्मण लाल कर्णले समर्थन गर्नुभएको थियो ।
यसअघि मंगलबार बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले सभामुखमा उम्मेदवारी नदिने र समर्थन पनि कसैलाई नगर्ने निर्णय गरेको थियो ।
बलात्कार प्रयासको अभियोग लागेका तत्कालीन सभामुख कृष्णबहादुर महराले असोज १४ गते राजीनामा दिएपछि सभामुख पद रिक्त थियो । सभामुख चयनमा नेकपाभित्रको आन्तरिक भागबन्डाको विवादकाबीच झन्डै चार महिनापछि संसद्ले सभामुख पाएको हो ।
पुस ४ गते सुरु भएको हिउँदे अधिवेशन सभामुख चयन हुन नसक्दा ’बिजनेस’ मा प्रवेश गर्न पाएको छैन । सभामुख चयनसँगै पटकपटक बन्धक बनेको संसद अघि बढ्ने भएको छ । प्रतिनिधिसभाको अर्को बैठक माघ १४ गते मंगलबार बोलाइएको छ ।