‘सरकार विदेशीको ईसारामा चलेको छ’

Share post:

महेन्द्रनगर । नेपाल मजदुर किसान पार्टीको ४६ औँ स्थापना दिवस सम्पन्न भएको छ ।

शनिवार नेपाल मजदुर किसान पार्टी कञ्चनपुरको आयोजनामा ४६ औँ स्थापना दिवस सम्पन्न भएको थियो ।

नेपाल मजदुर किसान पार्टी कञ्चनपुरका सदस्य समितिका संयोजक दल बहादुर बोहराको अध्यक्षतामा सञ्चालित कार्यक्रमका प्रमुख अथिति नेपाल मजदुर किसान पार्टीका केन्द्रिय सदस्य खगेन्द्र बहादुर शाही रहेका थिए ।

कार्यक्रममा प्रमुख अथिति शाहीले वर्तमान सरकारले विदेशीको ईसारमा काम गरीरहेको आरोप लगाए । उनले भने ‘वर्तमान सरकार विदेशीको ईसारामा काम गरीरहेको छ ।’ उनले थपे ‘हाल विदेशीको ईसाराले गर्दा एमसिसि पारीत गर्ने कुरा चलिरहेको छ तर यो देश घाती छ, त्यसैले यो पारीत गर्नु हुन्न ।’

सरकारले लिपुलेक कालापानी, लगाएतका सिमा विवाद सम्बन्धि पनि कुनै सिमा समाधान मुलक कदम नचालेको शाहीले बताए । कार्यक्रममा पार्टी नेता,कार्यकर्ता लगाएत सर्वसाधारणको उपस्थिति रहेको थियो ।

ताजा समाचार