आस्था राउत ४ दिन थुनामा रहने

Share post:

काठमाडौँ — गायिका आस्था राउतलाई अभद्र व्यवहारको कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले थुनामा राखेर अनुसन्धान प्रक्रिया अगाडि बढाउन आदेश दिएको छ । काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी जीवन आचार्यका अनुसार काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले राउतलाई ४ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई आदेश दिएका हुन् ।

गायिका राउत सोमबार बिहान आफै महानगरीय प्रहरी परिसर टेकुमा उपस्थित भएपछि उनीविरुद्धको कारबाही प्रक्रिया प्रहरीले अगाडि बढाएको थियो। राउत आफ्‍ना मामा र सानो बुवाको साथमा परिसर पुगेकी थिइन्।

ःभचयनजबच

परिसर प्रवक्ता डिएसपी होबिन्द्र बोगटीका अनुसार राउतले आफूले गल्ती गरेको स्वीकार गर्दै क्षमायाचना गरेकी थिइन्। ुउहाँले आफ्‍नो व्यवहारप्रति पश्चात्ताप गर्नुभएको छ र कानुनको पूर्ण पालना गर्छु भन्नु भएको छ,ु डीएसपी बोगटीले भने, ुमैले गल्ती गरें माफी चाहन्छु भन्नु भएको छ।ु

प्रहरीले उनीसँग प्रारम्भिक बयान लिएपछि थप कानुनी प्रक्रियाका लागि जिल्ला प्रशासन कार्यालय लगेको थियो।

काठमाडौं जिल्ला प्रशासन कार्यालयले गायिका राउतविरुद्ध माघ ५ गते पक्राउ पुर्जी जारी गरेको थियो। मुलुकी अपराध ९संहिता० ऐन २०७४ को दफा १ सय १८ अनुसार अभद्र व्यवहार कसूरमा राउतविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो।

प्रशासनले पक्राउ पुर्जी जारी गरेसँगै कानुनअनुसार राउत प्रहरीको फरार सूचीमा परेकी थिइन्। उनले आफू सांस्कृतिक कार्यक्रममा भारतको सिक्किममा रहेको र फर्कनेबित्तिकै प्रहरीलाई घटनाबारे जानकारी दिने बताएकी थिइन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झापा जाने क्रममा राउतले माघ २ गते बिहीबार प्रहरी जवान रमिता श्रेष्ठमाथि अभद्र व्यवहार गरेको उजुरी परेको थियो।

ताजा समाचार