एमसिसि तथा सूचना प्रविधि विधेयक विरुद्ध कञ्चनपुरमा हस्ताक्षर संकलन

Share post:

महेन्द्रनगर । कञ्चनपुरमा मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसि) तथा सूचना प्रविधि विधेयक विरुद्ध वृहत हस्ताक्षर संकलन गरीएको छ ।

आईतवार देखी नेपालका लागी नेपाली अभियानको आयोजनामा कञ्चनपुरका विभिन्न क्षेत्रबाट हस्ताक्षर संकलन गरीएको छ ।

हिरा सिंह बोहराको संयोजगत्वमा महेन्द्रनगरको मदन चोक लगाएतको क्षेत्रबाट हस्ताक्षर संकलन गरीएको हो । नेपालका लागी नेपाली अभियानका अभियान्ता तथा संयोजक बोहराका अनुसार एमसिसि नेपालको पक्षमा नभएको, नेपालको कानुन विपरीत भएकोले यस्को विरुद्ध हस्ताक्षर संकलन गरीएको हो ।

उनले भने ‘एमसिसि नेपालको पक्षमा नभएको र अमेरीकाले आफ्नो स्वार्थका लागी यो सब योजना बनाउदैँ छ ।’ त्यस्तै  नेपालका लागी नेपालीका अर्का अभियान्ता के.आर भट्ट(क्रान्ती)ले भने ‘एमसिसि नेपालको कानुन विपरित भएको र यो नेपालमा लागु भएमा नेपाल रणभुमीमा पणिनत हुनेमा कुनै दुई मत छैन ।’

एमसिसि नेपालको पक्षमा नभएको भन्दै झन्डै ३ हजार सर्वसाधारणले एमसिसि विरुद्ध हस्ताक्षर गरीसकेका छन् ।

संयोजक बाहोराले भने ‘हामीहरु एमसिसिको विरुद्धमा कञ्चनपुरमा माग १८ गते सम्म हस्ताक्षर संकलन गर्ने छौ ।’उनले थपे ‘संकलन गरीएको हस्ताक्षर परराष्ट्र मन्त्रालयमा बुझाउने छौ ।’

ताजा समाचार