क्यान्सर पीडित सुरेन्द्र मल्ल बचाउ अभियान, एक लाख भन्दा बढि आर्थिक सहयोग संकलन

Share post:

महेन्द्रनगर । क्यान्सर पीडित सुरेन्द्र बहादुर मल्लको उपचारको लागि आर्थिक सहयोग संकलन भइरहेको छ ।

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका झलारीस्थित कृष्ण बैजनाथ बहुमुखी क्याम्पसका पूर्व–क्याम्पस प्रमुख तथा सिद्ध बैजनाथ माध्यमिक विद्यालय बन्साहका शिक्षक समेत रहेका मल्लको भारतको मेदान्त अस्पतालमा उपचार भइरहेको छ ।

उनी क्यान्सर रोगबाट पीडित छन् । ‘सुरेन्द्र बहादुर मल्ल बचाउ अभियान’ नाम दिएर आर्थिक सहयोग संकलन भइरहेको हो ।

आर्थिक अभावले उपचारमा बाधा सृजना भएकाले झलारीस्थित रेडियो प्रभु, सेतिकाली दैनिक र गुडलक फाउन्डेसनले आर्थिक सहयोग संकलन गरिरहेको छ । आइतवारदेखि आर्थिक सहयोग संकलन गर्न सुरु गरिएको थियो ।

हालसम्म एक लाख भन्दा बढि पैसा संकलन भएको सेतिकाली दैनिकका प्रकाशक अर्जुन सिंहले बताए । कञ्चन झलारी बचत तथा ऋण सहकारी संस्थाले क्यान्सर पीडित मल्ललाई ५० हजार सहयोग गरेको छ ।

यस्तै सोही सहकारी संस्थाका कर्मचारीहरुले आफ्नो तलबबाट ५० हजार सहयोग गरेका छन् ।

शुक्लाफाँटा नगरपालिका–११ दीपनगर बस्ने सुरेन्द्र कुवँरले ८ हजार १ सय ६० रुपैयाँ सहयोग गरेका छन् ।

क्यान्सर पीडित मल्ललाई सहयोग गर्न चाहनेहरुले कञ्चन बैंक झलारी शाखामा रहेको ००३०१३०००१४९९३०००००१ नम्बरको खातामा रकम जम्मा गर्न सक्ने छन् ।

ताजा समाचार