भट्टले गरे अनाथालयलाई २५ हजार आर्थिक सहयोग

Share post:

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगर स्थित समाज कल्याण अञ्चल बाल अनाथालयलाई २५ हजार आर्थिक सहयोग गरीएको छ ।

पंतञ्जली योग समिति नेपालका केन्द्रिय सदस्य तथा समाज कल्याण अञ्चल बाल अनाथालयका कोषाध्यक्ष लवराज भट्ट आफैँले अनाथालयको अक्षय कोष निर्माणका लागी २५ हजार आर्थिक सहयोग गरेका हुन् ।

सोमवार भट्टले आफ्नै निवासमा अनाथालयका कार्यालय प्रमुख तथा अध्यक्ष शंकर बहादुर चन्दलाई २५ हजारको चेक हस्तान्त्रण गरेका थिए ।

भट्टले भने ‘हामीहरु अरुलाई यो–त्यो गर्नु पर्छ, सहयोग गर्नु पर्छ, भन्छौ तर आफु हामी गर्ने गर्दैनौ ।’उनले थपे ‘त्यसैले हामीले कुनै पनि काम अरुलाई भन्नु भन्दा पहिला आफुबाट शुरु गर्नु पर्छ, भन्ने सोचले मैले पहिला आफैले आर्थिक सहयोग गरेको हो ।’

कोषाध्यक्ष भट्टका अनुसार अनाथालयका बालवालीकाहरुलाई कहिले काही खाना खुवाउँन समेत हम्बे–हम्बे हुने गर्छ त्यसैले त्यस्तो समस्या समाधानका लागी अक्षय कोष निर्माण गरीएको हो ।

भट्ट निरन्तर यस्ता सामाजिक कार्य गर्दै आएका छन् ।

ताजा समाचार