काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधिसभा बैठक मंगलबार बस्दैछ। बैठक दिउँसो १ बजे बस्न लागेको संघीय संसदका महासचिव मनोहरप्रसाद भट्टराईले जानकारी दिएका छन्।
आजको बैठकमा प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटालाई बधाइ तथा शुभकामना दिने कार्यक्रम तय भएको छ।
यस्तै, बैठकमा प्रधानमन्त्री केपी ओलीले न्याय परिषद् र न्याय सेवा आयोगका आ।व। ०७५र०७६ को वार्षिक प्रतिवेदन पेश,लोक सेवा आयोगको आ व ०७५र०७६ को वार्षिक प्रतिवेदनलगायतका प्रतिवेदन पेश गर्ने कार्यसूचीमा उल्लेख छ।
यसअघि सभामुख नहुँदा प्रतिनिधिसभाको बैठक पटक(पटक स्थगित हुँदै आएको थियो। तत्कालिन सभामुख कृष्णबहादुर महरा बलात्कार अभियोगमा कारागार गएपछि प्रतिनिधिसभाको सभामुख पद रिक्त थियो।