टिप्परले किचेर एक जनाको ज्यान गयो

विज्ञापन

Share post:

सुर्खेत – सुुर्खेतको वीरेन्द्रनगरमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ ।

मङ्गलबार बिहान टिप्परले ठक्कर दिँदा कालिकोट महावै गाउँपालिका ३ का २० वर्षीय केशर सिंहको ज्यान गएको हो । सिंह सवार भे १ प २१७८ नम्बरको मोटरसाइकललाई भे १ ख २२४२ नम्बरको टिप्परले ठक्कर दिएको थियो । सिंहलाई टिप्परले किचेर झण्डै २० मिटरसम्म घिसारेको प्रत्यक्षदर्शीले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ९डीएसपी० रवि रावलले टिप्पर र चालकलाई नियन्त्रणमा लिएको जानकारी दिए । सिंहका आफन्तले अहिले जुम्ला सडकको यरिचोक र गौतम चोकमा आर्कोशित हुुँदै टायर बालेर प्रर्दशन गरिरहेका छन् ।

ताजा समाचार