आफैंले बोकेको बन्दुक पड्केर प्रहरी घाइते

Share post:

काठमाडौं । विप्लव समूहका कार्यकर्तालाई पक्राउ गर्न गएका एक जना प्रहरी आफ्नै गोली पड्किँदा घाइते भएका छन् ।

प्रहरी प्रधान कार्यालयका अनुसार इलका प्रहरी कार्यालय, ढोडरीमा कार्यरत् प्रहरी विप्लव समूहका कार्यकर्ताबारे सूचना पाएपछि मधुवन नगरपालिका-४, मौवामा पुगेको थियो ।

तर, त्यहाँ भुलवश प्रहरीले बोकेको हतियार पड्किँदा एक जना घाइते छन् । घाइते हुने प्रहरीको परिचय खुलाइएको छैन ।

प्रहरीको दाहिने खुट्टामा गोली लागेको प्रारम्भिक जानकारी आएको केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी शैलेश थापा क्षेत्रीले बताए ।

टोलीले विप्लव समूहका दुई जनालाई पक्राउ गरेको छ भने दुई जना फरार छन् ।

श्रोतonlinekhabar

ताजा समाचार