महेन्द्रनगर । कञ्चनपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
जिल्लाको बेदकोट नगरपालिका–६ मुसेपानीका ३५ वर्षीय घुमन डगौँराको मंगलवार राती करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी रविन्द्र पौडेलले बताए ।
उनका अनुसार डगौँराको मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो ।
उनको शव पोष्टमार्टमका लागि महाकाली अस्पताल ल्याइएको छ ।
घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।