महेन्द्रनगर ।
कञ्चनपरका पत्रकार विकास सिंह महतालाई पितृशोक परेको छ ।
पत्रकार तथा खेलप्रेमी विकासका बुवा ५१ वर्षीय लाल बहादुर महताको मंगलवार राती निधन भएको परिवारले जनाएको छ ।
दम रोगबाट ग्रसित महतालाई महाकाली अस्पतालमा उपचार पछि मंगलवार घर लगिएको थियो ।
भीमदत्त नगरपालिका ऐठपुरमा मृत्यु भएको परिवार स्रोतले जनाएको छ ।
उपचारको क्रममा मृत्यु भएको हो । विकास महेन्द्रनगरबाट प्रकाशित हुने सुदूर दर्पण पत्रिकाका सह–सम्पादक हुन ।
यस दुखत घडीमा उहाँको मृत आत्माको शान्तिको कामना गर्दै शोकाकुल परिवारजनप्रति दैनिक सञ्चार परिवार पनि हार्दिक समवेदना प्रकट गर्दछ ।