महेन्द्रनगर ।
नेपाली समाजमा बलात्कारका घटना एकपछि अर्को गरी आइरहेका बेला कञ्चनपुरमा भने एउटा अनौठो घटना घटेको छ ।
कञ्चनपुरको शुक्लाफाँटा–१० झलारीमा बस्तुभाउ (गाई) करणीको अनौठो घटना सतहमा आएको छ । मदिराले लठ्ठ भएर एक युवाको समुहले स्थानीयतको गोठमा रहेको गाईलाई करणी गरेको घटना सतहमा आएको हो ।
गाई करणीको आरोपमा शुक्लाफाँटा नगरपालिकाका १८ वर्षीय मनोज चौधरी पक्राउ परेका ईलाका प्रहरी कार्यालय झलारीका प्रमुख प्रहरी निरीक्षक धर्मराज रावलले बताए ।
अन्य चार जना युवक भने फरार रहेका छन् । मदिरा सेवन गरेर लठ्ठ रहेका उनिहरुले गाईकरणी गरेको देखेपछि घरधनीले प्रहरीलाई खबर गरेका थिए ।
गाईमाथी करणी गर्नेहरु पहिचान गरी कानूनी दायरामा ल्याउन स्थानीयहरुले माग गरेका छन् ।