महेन्द्रनगर ।
कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरमा फागुन ३ गते प्रेम दिवसको अवसरमा ‘भिजिट महेन्द्रनगर–२०२०’ कार्यक्रम हुने भएको छ ।
हेप्पी इन्टरटेनमेन्ट प्रा.लि.को आयोजनामा महेन्द्रनगरस्थित ममताज पार्टीको मैदान (इन्टरनेसनल स्कुल पछाडी ऐठपुर) मा कार्यक्रम हुन लागेको हो ।
भ्रमण वर्ष–२०२० लाई मध्यनजर गर्दै कार्यक्रम गर्न लागिएको आयोजक हेप्पी इन्टरटेनमेन्ट प्रा.लिका प्रबन्धक सम्पूर्ण भट्टले बताए ।
‘कार्यक्रमको तयारी तीव्र पारिएको छ, बिशेषगरी भ्रमण वर्षलाई मध्यनजर गर्दै कार्यक्रम आयोजना गर्न लागिएको हो ।’ उनले भने ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेशमै पहिलो पटक बिदेशी कलाकारलाई प्रमुख आकर्षण रुपमा प्रस्तुत गरिएको छ ।
कार्यक्रममा युवापुस्तामा प्रख्यात चर्चित -यापर आशिष राना (लाहुरे) र टप १० रसियन डिजे मिला रुवायोको प्रस्तुति रहने आयोजकले जनाएको छ ।
सुदूरपश्चिम प्रदेशमै पहिलो पटक बिदेशी कलाकारलाई ल्याउन लागिएको आयोजकको दाबी छ । यस्तै कार्यक्रममा सोउल नेपाल बैन्ड, डिजे अरविन, डिजे पपाज र एवान डान्स क्याम्प महेन्द्रनगरको प्रस्तुति समेत रहने छ ।
आयोजकका अनुसार कार्यक्रममा प्रवेशका लागि ३०० र एक हजार गरी दुई प्रकारको टिकटको व्यवस्था गरिएको छ ।
कार्यक्रमको माध्यमबाट अनाथ बालबालिकाहरुका लागि अक्षय कोष स्थापना समेत गरिने आयोजकले जनाएको छ । कार्यक्रमको तयारी तीव्र पारिएको छ ।