फोटोग्राफर देखेर भागे अक्षय कुमार, भिडियो भयो भाइरल [भिडियो]

Share post:

मुम्बई – अक्षय कुमार आफ्ना को–स्टारसँग प्रायः उट्पट्याङ गरिरहन्छन् । यसपटक उनले पापाराजीलाई पनि छोडेनन् ।

सामाजिक सञ्जालमा अक्षय कुमारको एक भिडियो भाइरल भएको छ । भिडियोमा अक्षय कुमार पापाराजीलाई देखेर भागिरहेको देखिन्छन् ।

पापाराजीलाई देखेर किन भागे अक्षय कुमार?

खासमा अक्षय कुमार फिल्मको शूटिङ गरेर फर्किएका थिए । उनलाई पापाराजीले तत्कालै घेरे । भिडियोमा पहिले अक्षय कुमारलाई चल्दै आएको देख्न सकिन्छ । पछि भने अक्षय कुमार भाग्न थाल्छन् ।

जब अक्षय कुमार रोकिन्छन्, सबै हाँस्छन् । भिडियोमा प्रहरी र बडीगार्ड पनि देखिन्छन् । अक्षयले खासमा त्यतिबेला प्रयाङ्क गरेका हुन्छन् ।

अक्षय यतिबेला फिल्म ‘सूर्यवंशी’ मा काम गरिरहेका छन् । यो फिल्मका कारण पनि अक्षय कुमार चर्चामा छन् ।

पछिल्लो समय अक्षय कुमार ‘हाउसफूल ४’ मा देखिएका थिए । यो फिल्मबाट पनि उनले राम्रो प्रतिक्रिया पाए । यस्तै उनको फिल्म ‘गुड न्यूज’ ले पनि दर्शकलाई मनोरञ्जन दिएको थियो ।

श्रोतएजेन्सी

ताजा समाचार