बैतडी ।
चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपीएल) मा तेस्रो जित हात पारेको छ। गएराति भएको खेलमा सनराइजर्स हैदराबादलाई चेन्नईले २० रनले हराएको हो ।
जितको लागि एक सय ६८ रनको विजयी लक्ष्य पछ्याएको हैदराबादले २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ४७ रन बनायो। हैदराबादका केन विलियम्सनले सर्वाधिक ५७ रन जोडेपनि जितको लागि पर्याप्त रहेन ।
चेन्नईका करण शर्मा र ड्वेन ब्राभोले २र२ तथा शार्दुल ठाकुर, रविन्द्र जडेजा र साम करनले १र१ विकेट लिए। त्यसअघि दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ रोजेको चेन्नईले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ६७ रन बनाएको थियो।
चेन्नईका लागि सेन वाटसनले ४२ तथा अम्बाती रायडुुले ४१ रनको योगदान गर । हैदराबादका लागि सन्दीप शर्मा , टि नटराजन र खलिल अहमदले २र२ विकेट लिए ।
चेन्नई सुपर किंग्स आठ खेलमा पाँच मा हार र तीन जितसहित छैटौं स्थानमा उक्लिएको छ। सनराइजर्स हैदराबाद आठ खेलमा पाँच हार र तीन मा जित सहित पाँचौ स्थानमा छ ।
अंक तालिकामा मुम्बई, दिल्ली र बेंगलोरको समान १० अंक छ। समान सात खेलमा नेट रन रेटको आधारमा मुम्बई शीर्ष, दिल्ली दोस्रो र बेंगलोर तेस्रो स्थानमा रहेको छ।