सीमा क्षेत्र डोकेबजारमा नागरिक सहायता कक्ष

Share post:

कञ्चनपुर ।
नेपाल भारत सीमा क्षेत्र डोकेबजार(गौरीफण्टा)मा नागरिक सहायता कक्ष स्थापना गरिएको छ।

पुनर्वास नगरपालिका ११ डोकेबजारमा स्थापना गरिएको नागरिक सहायता कक्षको नगर प्रमुख जीवनराज थापाले उद्घाटन गरेका हुन्। सहायता कक्ष उद्घाटन गर्दै उनले चाडपर्वका बेला समस्यामा पर्ने दुवै देशका नागरिकलाई सहायता प्रदान गर्न कक्षले सघाउ पु¥याउने बताए ।

नजिकै आइरहेको नेपालीहरुको महान् चाड बडादशै, तिहार, छठ पर्व लगायतका अवसरमा सीमा क्षेत्रमा दुवै देशका नागरिकहरुको आवतजावत बढ्ने भएकाले त्यससँगै आपराधिक क्रियाकलापसमेत बढ्ने हुँदा त्यसलाई नियन्त्रण गर्न नागरिक सहायता कक्षमार्फत सहयोग गरिने सशस्त्र प्रहरी बल नेपाल ३५ नम्बर गण हेडक्वाटर शैलेश्वरी झलारीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरले बताए।

‘सीमा नाकामा सर्वसाधारणहरूको आवतजावत बढी हुने भएकोले अपराध, आपराधिक मनोवृत्तिका व्यक्ति तथा आपराधिक समूहबाट हुनसक्ने चोरी, डकैती लुटपाट, हत्या, हिंसा, बलत्कार जस्ता घटनाहरु हुन सक्ने भएकाले त्यसलाई निरुत्साहित गरी शान्ति सुरक्षाको प्रत्याभूति दिलाउने उद्देश्यले सहायता कक्ष स्थापना गरेका छौं’ उनले भने।

गणको जिम्मेवारी इलाकाअन्तर्गत पर्ने सहायता कक्षको माध्यमबाट नगरपालिका, नेपाल प्रहरी र भारतीय समकक्षी(एसएसबी)सँग आवश्यक समन्वय गर्ने व्यवस्था गरिएको सशस्त्र प्रहरी उपरीक्षक ऐरको भनाई रहेको छ ।

कोराना भाइरसको संक्रमणलाई समेत ध्यानमा राखी स्वास्थ्य सुरक्षा अपनाई सीमा नाकामा सहायता कक्षबाट सेवा प्रवाह गरिने बताइएको छ ।

चाड पर्वका बेला यात्रुहरुबाट सवारी चालकहरुले बढी भाडा असुल्ने कार्यहरुलाई समेत निरुत्साहीत गर्नका लागि सुरक्षा निकायलाई परिचालन गर्ने व्यवस्था गरिएको छ।

सीमा नाका भएर दैनिक सयौं व्यक्तिहरु भारततर्फ र नेपालतर्फ आउने क्रम शुरु भएको छ ।

ताजा समाचार