कञ्चनपुरकी सांसद निरु पाललाई कोरोना संक्रमण

Share post:

महेन्द्रनगर । प्रतिनिधि सभा सांसद निरुदेवी पाललाई कोरोना संक्रमण पुष्टि भएको छ ।

पालले मंगलबार फेसबुक मार्फत आफुलाई कोरोना संक्रमण भएको सार्वजनिक गरेकी हुन् ।

सांसद पालले आफ्नो फेसबुक आइडिमा यस्तो लेखेकी छन् । ‘मलाई पनि कोरोना ले छोडेन कसरी लाग्यो थाहा भएन रुघाखोकी, हल्का जोरो, सासफेर्न गारो र जिउ मर्नेगरी दुखेपछि परिक्षणका लागि स्वाब दिदा पोजिटिभ देखियो, तर म यति छिट्टै हार खादिन म यति छिठ्टै यो संसार बाट बिदा हुन्न अझ धेरै काम गर्न बाकि छ । बलात्कारीका लागी कडा कानुन बनाउन बाँकी नै छ । कंचनपुरका विकास निर्माणका धेरै काम बाकीँ नै छन् । समतामूलक समाज निर्माणको अभियान पुरा भएको छैन । महिला समितिले मेरै नेतृत्वमा गर्नुपर्ने काम धेरै बाकीँ छन् । अझ मैले धेरै काम पुरा गर्नु छ । त्यसैले मलाई विश्वास छ, म कोरोना जितेर छिट्टै काममा फर्किने छु । मेरा शुभचिन्तक ज्यु हरुलाई नआत्तीनु होला भन्न चाहान्छु । साथै यो बिचमा मेरो सम्पर्कमा म संग भेट्हुनु भएका महानुभावहरुले सावधानी अपनाउन हुन बिनम्रता पुर्बक अनुरोध छ ।’

ताजा समाचार