महेन्द्रनगर ।
कञ्चनपुरको बेदकोट नगरपालिका–७ का १५ जना लक्षित समुदायहरुलाई लसुनको बिउँ बितरण गरिएको छ ।
स्वीट नेपाल कञ्चनपुरको आयोजना तथा युएनडिपी नेपाल र बेदकोट नगरपालिकाको सहयोगमा सञ्चालित कोभिड–१९ प्रतिक्रिया तथा सामाजिक आर्थिक पुर्नप्राप्ति परियोजना अन्र्तगत लसुनको बिउँ वितरण तथा फिल्ड स्तरमै तालिम समेत प्रदान गरिएको छ ।
६० किलोका दरले १५ जनालाई लसुन बितरण गरिएको स्वीट नेपालका कार्यक्रम संयोजक अमित सुनारले बताए । बेदकोट नगरपालिका– ७ लाई लसुनको लागि पकेट क्षेत्र बनाउने उद्धेश्यका साथ कोभिडबाट प्रभावित १५ जना गरिव, दलित, जनजाती तथा एकल महिलाहरुलाई नगरप्रमुख असोक बहादुर चन्दले लसुन हस्तान्तरण गरे ।
उनले सबै वडालाई पकेट क्षेत्र बनाउने कार्यक्रम अन्र्तगत वडा नम्बर ७ मा लसुन बितरण गरिएको र सबै वडालाई फरक फरक तरकारीमा पकेट क्षेत्र बनाउनका लागि युएनडिपी र स्वीट नेपालले गरेको कामको प्रशंसा गरे ।
यसैगरी वडा नम्बर ९ का अध्यक्ष रामसिह धामीले अब सबैले कृर्षिमा कान्त्रि गर्नुपर्नेमा जोड दिए ।
बेदकोट नगरपालिका वडा न ७ मा रहेको राधिका डगौराको ३ कटठा जमिनमा नमुनाका लागि लसुन खेती लगाउने तरिका, मल तथा त्यसका प्रयोग हुने बिधिहरुको बारेमा कृषि शाखाका प्रमुख बिर बहादुर कुवँर र नाप्रस देवराज बडुले प्रशिक्षण दिएका थिए ।