धनगढी ।
सुदूरपश्चिमका अगुवा कम्युनिष्ट नेता धन बहादुर मल्लको निधन भएको छ। मल्ल प्रदेश सभा सदस्य देवकी मल्लका पिता हुन्।
उपचारका क्रममा धनगढी स्थित सारथी अस्पतालमा मल्लको निधन भएको हो। मल्ललाई बझाङमा कम्युनिष्ट आन्दोलन र कम्युनिष्ट पार्टी स्थापना गर्ने कुशल योद्धाको रुपमा कम्युनिष्ट कार्यकर्ताहरूले मान्ने गरेका छन्।
तत्कालीन नेकपा (एमाले) बाट २०४७ सालमा कम्युनिष्ट आन्दोलनमा होमिएका मल्ल २०५४ साल तिर तत्कालीन नेकपा माओवादीमा सक्रिय थिए। जनआन्दोलनकै क्रममा उनी १२ पटक गिरफ्तारीमा परेका थिए।
मल्ल २०५७ सालमा भूमिगत भएका थिए । लामो समय तत्कालीन माओवादीमा नेतृत्व गरेका मल्ल माओवादी टुक्रिँदै गएपछि पछिल्लो समय नेत्र विक्रम चन्द (विप्लव) समुहको सेती महाकाली मुक्ति मोर्चाका इन्चार्ज थिए।