डडेल्धुरा ।
सुदूरपश्चिम प्रदेशमा ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा दार्चुला र डोटीका ४७ जनामा कोरोना देखिएको हो ।
दार्चुलाको महाकाली नगरपालिकाका ३८ र डोटीको जोरायल गाउँपालिकाका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशाला इञ्चार्ज इश्वरीप्रसाद भुषालले जानकारी दिए ।
उनका अनुसार बिहीबार प्रयोगशालामा १४० नमुना परीक्षण गरिएको थियो ।