महेन्द्रनगर ।
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ पारीफाँटाको खहरे खोलामा नुहाउने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ ।
बिहिबार वैजनाथ आधारभूत विद्यालयको नजिकै उत्तरमा बग्ने खहरे खोलामा नुहाउने क्रममा डुबेर ४९ वर्षिय स्थानीय कमलेश ठगुन्नाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डिएसपी अमर बहादुर थापा क्षेत्रीले बताए ।
उनका अनुसार मृतकको शव पोष्टमार्टमका लागि महेन्द्रनगर स्थित महाकाली अस्पतालमा ल्याइएको छ ।