नयाँ बजारमा ग्यास सिलिन्डर पड्किँदा घर नै भत्कीयो

Share post:

काठमाडौं ।
काठमाडौंको नयाँ बजारमा चारवटा ग्यास सिलिन्डर पड्किँदा एउटा घर नै भत्किएको छ । यो घटनामा ११ जना घाइते भएका छन्।

किरियापुत्री बसेको उक्त घरमा बिहीबार दिउँसो सिलिन्डर पड्किएको हो। नयाँ बजारस्थित फलफूल चोकमा एसपी ग्यासको सिलिन्डर लिक भएर पड्किएको हो।

घटनामा घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवम् एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए। घाइतेहरुको मनमोहन र पिपुल्स अस्पतालमा उपचार भइरहेको छ ।

ताजा समाचार