महेन्द्रनगर ।
कञ्चनपुर प्रहरीले बिहिवार दुई जना फरार अभियुक्तलाई पक्राउ गरेको छ ।
वन पैदावर हानी नोक्सानी मुद्दामा फरार कृष्णपुर नगरपालिका–१ का २६ वर्षीय दिपक बुढालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी अमर थापाले बताए ।
उनका अनुसार बुढालाई २०७६ साल माघ २९ गते जिल्ला अदालत कञ्चनपुरले बिना इजाजत वन पैदावर हानी नोक्सानी मुद्दामा २३ हजार ९ सय ५१ रुपैयाँ जरिवाना सुनाएको थियो ।
चोरी मुद्धामा फरार कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ का २६ को अष्टा भन्ने भुपेश बम पनि पक्राउ परेका छन् । उनलाई भीमदत्त नगरपालिका–४ बाट नियन्त्रणमा लिइएको हो ।