कञ्चनपुरमा तीन लाखको अवैध समान बराबद

Share post:

महेन्द्रनगर ।
कञ्चनपुरमा तीन लाख बराबरको भन्सार छलि भित्रिएको अवैध समान बराम गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल नम्बर ३५ गण शैलेश्वरीको टोलीले छुट्टाछुट्टै स्थानबाट भन्सार छली गरी भित्र्याइएको तीन लाख सात हजार पाँच सय मूल्य बराबरका सामान बरामद गरेको हो ।

सशस्त्र प्रहरी बल नम्बर ३५ गणबाट सशस्त्र प्रहरी निरिक्षक इश्वरीदत्त भट्टको कमाण्डमा खटिएको मोबायल गस्ती टोलीले बेल्डाडी गाउँपालिका र सशस्त्र प्रहरी बल नेपाल बोडर आउट पोष्ट दोधाबाट सशस्त्र प्रहरी निरिक्षक सुरेश महर्जनको टोलीले दुई लाख १९ हजार ६ सय बराबरको सामान बरामद गरेको छ ।

भन्सार छली भित्र्याउदै गरेका मिठाइ बनाउन प्रयोग हुने कच्चा पदार्थ(सेतो दाना), प्याज, डिएपी मल, युरिया र मोबायल पार्टस बरामद गरी आवश्यक कारवाहीका लागि कञ्चनपुर र कैलाली भन्सार कार्यालय बुझाईएको सशस्त्र प्रहरी बल नम्बर ३५ गण शैलेश्वरीले जनाएको छ ।

यस्तै जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले भीमदत्त नगरपालिका वडा नम्बर ४ बसपार्कबाट चैनी तम्बाखु लेखिएका वेवारिसे सामान बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक अमर थापाले ८७ हजार नौँ सय मूल्य पर्ने ८ सय ७८ प्याकेज चैनी तम्बाखु बरामद गरिएको जानकारी दिए ।

बरामद गरिएका सामान आवश्यक कारवाहीका लागि भन्सार कार्यालय कञ्चनपुरलाई बुझाइएको छ ।

ताजा समाचार