अमेरिकी राष्ट्रपतीय चुनाव: बाइडेन जित नजिक, अदालत जाने ट्रम्पको धम्की

Share post:

एजेन्सी । अमेरिकामा राष्ट्रपतीय चुनावको मतगणना चलिरहेको छ । हालसम्मको स्थितिमा डेमोक्रयाटिक उम्मेदवार जो बाइडेनले प्रतिद्वन्दी डोनाल्ड ट्रम्पभन्दा उलेख्य अग्रता लिएका छन् । बाइडेनले आफ्नो जित सुनिश्चित हुँदै गएको बताएका छन् । तर बाइडेनको सम्भावना बढ्दै गएको देखिएको अवस्थामा राष्ट्रपति डोनल्ड ट्रम्पले चुनावमा धाँधली भएको आरोप लगाएका छन् ।

यो समाचार तयार पार्दासम्म ५० वटा राज्यमध्ये ४३ वटा राज्यको परिणाम सकिएको छ। यसबाट बाइडनले २४३ इलेक्टरल मत प्राप्त गरेका छन् भने ट्रम्पले कुल २१४ इलेक्टरल मत पाएका छन् । जितका लागि निकै महत्त्वपूर्ण मानिएका बाँकी राज्यहरूमा मतगणना जारी छ ।

बाइडेनले आफूले जिते ुसबै अमेरिकीको राष्ट्रपतिु हुने प्रतिबद्धता जनाएका छन् । चुनावी प्रचार अभियानका बेलामा पनि उनी त्यसो भन्ने गर्थे । उता राष्ट्रपति ट्रम्पले भने कुनै प्रमाण नदिई चुनावमा धाँधली भएको आरोप लगाएका छन् र सर्वोच्च अदालतमा कानुनी चुनौती दिने बताएका छन् ।

तर बाइडनको चुनावी प्रचार समूहले राष्ट्रपतिको अभिव्यक्ति ुअपमानजनकु भएको भन्दै मतगणना नरोकिने जनाएको छ । ट्रम्पको चुनावी प्रचार समूहले पेन्सल्भेनियामा मतगणना रोक्न माग गर्दै अदालत जान लागेको जनाएको छ ।

राष्ट्रपति डोनल्ड ट्रम्पको चुनावी प्रचार अभियान समूहले मिशिगन पेन्सल्भेनिया र जोर्जियामा मतगणना रोक्न माग गर्दै कानूनी प्रक्रिया अघि बढाएको छ । अभियानका एक अधिकारी जस्टिन क्लार्कले डेमोक्र्याटहरूले रिपब्लिकनहरूको मतमा अनियमितता गरेको आरोप लगाए ।

त्यसअघि ट्रम्पको अभियान समूहले विस्कन्सिनमा आफूहरूले पुनः मतगणना चाहेको जनाएको थियो । अन्तर्राष्ट्रिय पर्यवेक्षणहरूले चाहिँ चुनावमा धाँधली भएको नदेखिएको बताएका छन् ।

अर्गनाइजेशन फर सेक्युरिटी एन्ड कोअपरेशन इन युरोप नामक संस्थाले ट्रम्पको चुनावी अभियान समूहका आरोपहरूलाई ुआधारहीनु भन्दै त्यसले ुलोकतान्त्रिक संस्थाप्रतिको विश्वासमा आघात पुर्या‍एकोु जनाएको छ ।

यसपालि अमेरिकी निर्वाचनमा सर्वाधिक सङ्ख्यामा मतदाताहरू सहभागी भएका छन् । मतदानको दिनभन्दा अगाडि गरिएका वैचारिक मत सर्वेक्षणहरूले प्रस्तुत गरिएका नतिजाहरूमा जो बाइडनको सहज जित हुने आकलनदेखि लिएर झिनो मत अन्तरले डोनल्ड ट्रम्पको जित हुनेसम्मका प्रक्षेपणहरू थिए ।

ह्वाइट हाउसमा पुग्न जारी कडा प्रतिस्पर्धालाई सारा विश्वले नजिकबाट नियालिरहेको छ । खासमा अमेरिकी नागरिकहरूले हरेक चार वर्षमा लिने निर्णयले देशको परराष्ट्र नीतिमा परिवर्तन ल्याउन सक्छ र त्यसले अरू देशप्रति लिइने नीतिमा महत्त्वपूर्ण भूमिका खेल्छ ।

बीबीसीबाट

ताजा समाचार