सिक्किम क्षेत्रमा भारत र चीनका सैनिकबीच फेरी झडप

Share post:

काठमाडौं ।

भारत र चीनको सैनिकबीच फेरि झडप भएको छ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार सिक्किम क्षेत्रमा भएको झडपमा २० चिनियाँ र ४ भारतीय सैनिक घाइते भएका छन्।

सो झडप नाकु ला क्षेत्रमा भएको बताएको छ। भारतीय पक्षले चिनियाँ सेना एक साताअघि भारतीय भूभागभित्र प्रवेश गरेको र उनीहरुलाई सो स्थानबाट हटाउन भारतीय सेना सफल भएको दाबी गरिएको छ।

‘प्रतिकूल मौसमी अवस्थाको बाबजुद हामीले सफलता प्राप्त गरेका छौँ’, स्रोतहरुलाई उद्धृत गर्दै इन्डिया टुडेले जनाएको छ।

यसअघि लद्दाख क्षेत्रमा दुवै पक्षबीच झडप भएको थियो। सो क्रममा २० भारतीय सैनिक मारिएका थिए।

त्यतिबेला चीनतर्फ हताहती भएको बताइए पनि यस विषयमा औपचारिक रुपमा केही जानकारी गराइएको छैन।

चीन र भारत सैनिकहरुबीच सीमा क्षेत्रमा तनाव कम गर्न लद्दाख वार्ता भइरहेको समयमा पूर्वी क्षेत्रमा झडप भएको समाचार आएको हो।

पैदल गस्तीमा रहेको चिनियाँ सैनिकहरुले नियन्त्रण रेखा पार गरेपछि झडप भएको भारतीय पक्षले जनाएको छ ।

ताजा समाचार