काठमाडौं ।
कोरोना भाइरसको प्रकोपसँगै विश्वभरी नै ‘वर्क फ्रम होम’ अर्थात् घरैबाट काम गर्ने अवस्था सिर्जना भएको छ।
सो क्रममा मानिसहरु भिडिओमार्फत् नै अफिसका मिटिङ, सेमिनारमा सहभागी हुन थालेका छन्।
त्यति मात्र होइन लकडाउन लागू भएपछि मानिसहरु घरमै शारीरिक अभ्यास ‘वर्कआउट’ गर्न थालेका छन्।
अनलाईन भिडिओमा प्रशिक्षकले सिकाएका अभ्यासहरु घरमै कोठा भित्र गर्न थालिएको हो।
यस क्रममा वर्कआउटसँग सम्बन्धित एउटा रोचक भिडिओ सार्वजनिक भएको छ। जहाँ एउटा कुकुरले मानिसले जस्तै अनलाईन भिडिओ हेरेर वर्कआउट गरेको देख्न सकिन्छ।
सामाजिक संजालमा यस भिडिओ भाइरल भएपछि मानिसहरुले उक्त कुकुर आफ्नो स्वास्थ्यका लागि मानिसभन्दा पनि सजग भएको भन्दै प्रतिक्रिया आएका छन्।
उक्त कुकुरबाट मानिसहरुले स्वस्थ्य कसरी रहने भनेर सुझाव लिनुपर्ने पति बताइएको छ।
(भिडिओ)