शिलान्यास कार्यक्रममा उद्योगमन्त्री धामी ‘रुष्ट’, पर्यटनमन्त्री आलेलाई ‘टेरेनन्’ !

Share post:

महेन्द्रनगर । आफ्नो अभिव्यक्तिले चर्चामा आइरहने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले मझगाउँ विमानस्थल शिलान्यास कार्यक्रममा आक्रमक शैलिमा प्रस्तुत भए ।

कार्यक्रम सुरु हुनु भन्दा पहिले आलेले उद्घोषकलाई ‘पोर्टकलमा ध्यान दिनू’ भनेर निर्देशन दिएका थिए ।

कार्यक्रम सञ्चालन समूहको अपूर्ण तयारी कार्यक्रममा स्पष्ट देखियो । सञ्चालकले कार्यक्रम सञ्चालन गर्दै गर्दा मन्त्री, सांसदको आसनग्रहणमा मर्यादा क्रममा गल्ती गरिरहेका थिए ।

त्यो बेला मन्त्री आले ‘के गरेको’ भन्दै उनीमाथि जंगिरहेका थिए । मन्त्री, सांसद तथा नेताहरुको मन्तव्यका बोलाउँदा पनि क्रमैसंग नभनेको भन्दै आले सञ्चालकप्रति आक्रोशित बनेका थिए । र, उनी आफै सञ्चालकलाई सिकाइरहेका थिए ।

यो पनिः रमेश लेखकले गरे पर्यटनमन्त्री आलेको प्रशंसा, भने– ‘म्यान अफ एक्सन’

मन्त्री आलेले कार्यक्रम लम्बिरहेकोले आफ्नो समय नभएको भन्दै वक्तालाई धेरै बोल्न दिएनन् । मझगाउँ विमानस्थल पुनः सञ्चालन समितिका संयोजक रमेश बहादुर चन्द ‘विमानस्थल पुनः सञ्चालनका लागि दबाब दिन कसरी एकजुट भयौँ’ लगायत कुराहरु भनिरहँदा मन्त्री आलेले ‘यो सब भन्दासम्म समय लाग्छ’ भन्दै टुङग्याउन निर्देशन दिएका थिए ।

प्रदेश पर्यटन मन्त्री रुष्ट
मर्यादाक्रमलाई नै लिएर सुदूरपश्चिमका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री मानबहादुर धामी कार्यक्रममा रुष्ट बनेका थिए ।

सञ्चालकले विशिष्ट अतिथिको आसनग्रहण गर्न मञ्चबाट मन्त्री धामीको नाम उच्चारण गरे । दर्शकदिर्धामा उभ्भिएका धामी आसन ग्रहणका लागि मञ्चमा गएनन् ।

प्रमुख अतिथिको आसन ग्रहण गरेका मन्त्री आलेले ‘ह्या मन्त्री ज्यू याँ आउनू न यार’ भने पनि उनी आउन मानेनन् । उनले मन्त्री आलेलाई जवाफ फर्काए– म ‘जनताको बीचमै ठिक छुँ ।’

सुदूरपश्चिमका उद्योगमन्त्री मानबहादुर धामी र पर्यटनमन्त्री प्रेम आले कुराकानी गर्दै । तस्वीरःदैनिक सञ्चार ।

यो दृश्यले सबैको ध्यान खिच्यो, त्यसको केही समय पछि मात्रै मन्त्री धामी मञ्चमा गए । त्यहाँ गएर मन्त्री धामीले धेरै समय यहीँ विषयमा मञ्चमा रहेका अन्य नेताहरुसंग कुराकानी गरेका थिए ।

यो पनिः मन्त्री आले भन्छन्–‘रनवे २५ सय मिटर, दिल्लीबाट जहाज सिधै मझगाउँ विमानस्थल’

उनी भनिरहेका थिए–‘सरकारी कार्यक्रममा केही सिष्टम त हुनु प-यो नि, संघ सरकारका मन्त्री प्रमुख अतिथि भइसके पछि विशिष्ठ अतिथि किन राख्नु प-यो ?’

मन्त्री धामी भन्दा अगाडि विशिष्ठ अतिथिमा सांसद निरु पाल, दीपकप्रकाश भट्ट र विना बुढाथोकीको आसनग्रहण गरिएको थियो ।

ताजा समाचार