एमाले कञ्चनपुरमा पूर्वमाओवादी र दश बुँदे पक्षधरको बिजोग

Share post:

महेन्द्रनगर । नेकपा एमाले कञ्चनपुरमा पूर्वमाओवादी र दश बुँदे पक्षधर कमजोर देखिएका छन् ।

एमाले जिल्ला कमिटी चयनका लागि भएको मतदानमा पूर्वमाओवादी र दशबुँदे पक्षधर नेताहरुले कमजोर मत प्राप्त गरेका छन् ।

बुधबार राती सम्पन्न मतपरिणाम अनुसार ५ सदस्यीय पदाधिकारीमा माओवादी पृष्ठभूमि र एमाले विभाजनमा माधव कुमार नेपालको साथ छोडेर दश बुँदे सहमतिसंगै एमालेमै बसेका नेताहरुले जित निकाल्न सकेनन् ।

यो पनिः एमाले कञ्चनपुरः लेखराज भट्ट र निरुपालबीच टकराव, जुटेन सहमति

चुनावमा पूर्वमाओवादी र दश बुँदे पक्ष गठबन्धन गरेर प्यानल सहित प्रतिस्पर्धामा उत्रिएका थिए ।तर एमाले कञ्चनपुरको ५ सदस्यीय पदाधिकारीमा यो गठबन्धन इतर समूह प्यानल सहित विजयी भएको छ ।

भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र बिष्ट २८१ मत सहित अध्यक्षमा निर्वाचित भएका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओली निकट बिष्टलाई सुदूरपश्चिम सहइन्चार्ज कर्ण थापा र कञ्चनपुर इन्चार्ज निरुदेवी पालको समर्थन रहेको छ ।

यो पनिः एमाले कञ्चनपुरमा लेखराज भट्ट पक्ष ‘क्लिन स्वीप’, पदाधिकारीमा ओली निकट विजयी

बिष्टका प्रतिद्धन्द्धी एमाले सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट निकट निवर्तमान अध्यक्ष बीरबहादुर थापा (पातल) ले १८३ मत मात्रै ल्याउन सके । थापा माओवादी पृष्ठभूमिबाट एमालेमा प्रवेश गरेका नेता हुन ।

तत्कालीन नेकपाको एकीकरणलाई भंग गर्दै सर्वोच्च अदालतले माओवादी र एमाले ब्युँताए पछि माओवादीका लेखराज भट्टसंगै थापा पनि एमालेमै समाहित भएका थिए ।

पदाधिकारीको मतपरिणाम आएसंगै एमाले कञ्चनपुरका नेता तथा राष्ट्रिय युवा संघका पूर्वअध्यक्ष बचनबहादुर सिंहले नेतृत्वप्रति रुष्टतायुक्त अभिव्यक्ति दिएका छन् ।

‘इन्चार्जको चाहाना अनुसार ९५% प्रतिनिधित्व गर्ने समुह बिजयी गराई ५% को प्रतिनिधित्व गरेको समुह पराजीत गराउन सफल हुनुभएकोमा इन्चार्ज र सहइन्चार्ज कमरेडहरूलाइ हार्दीक बधाइ ।’ उनले सामाजिक सञ्जालमा भनेका छन् ।

उपाध्यक्षमा बिष्टको प्यानलकी लक्ष्मी बुढा २५४ मत सहित विजयी भएकी छन् । उनका प्रतिद्धन्द्धी महेश पन्तले २०५ मत मात्र गरे ।

यो पनिः एमाले अधिवेशनमा कोरोनालाई खेलाँची

सचिवमा बिष्ट प्यानलका पल्लबराज भट्ट २३३ मत सहित विजयी भए । थापा प्यानलका सचिवका उम्मेदवार असोक कुमार चन्द ७ मतले जितमा चुके । उनले २२६ मत प्राप्त गरेका थिए ।

चन्द तत्कालीन एमालेको नेपाल समूहका नेता हुन । दश बुँदे सहमतिसंगै एमाले विभाजनमा नेपालको साथ छोडेर उनी एमालेमै रहेका थिए ।

यस्तै उपसचिवमा बिष्ट प्यानलका कर्णबहादुर चन्द ३४७ मत र फैरु तामाङ २९६ मत सहित विजयी भएका छन् । उनका प्रतिद्धन्द्धी थापा प्यानलका शेरबहादुर चन्दले १९७ मत मात्रै ल्याउन सके ।

माओवादी पृष्ठभूमि र दशबुँदे पक्षधर नेता एमालेको जिल्ला कमिटी बाहिर परेका छन् ।

यो पनिः सुदूरपश्चिममा सर्वसम्मत नेतृत्व छान्न खोज्दा लम्बियो एमाले अधिवेशन

‘यस्तै हुन्छ भनेर हामी चुनावमा जान चाहेका थिएनौँ, त्यसैले लामो समय सहमतिको लागि प्रयास ग-यौँ,’ मतगणना सम्पन्न पछि दैनिक सञ्चारसंग कुराकानी गर्दै एमाले कञ्चनपुरका एक नेताले भने, ‘तर, सहमति जुट्न सकेन, चुनावमै जानु प-यो । नयाँ नेतृत्वले अब सबैलाई मिलाएर लैजानु पर्छ ।’

यो पनिः कोरोना त्रासकैबीच ‘प्रतिद्धन्द्धी’ नेताको जमघट, ‘स्टेज सेयर’ गरे तर बोलेनन् !

 

ताजा समाचार