सचिवमा हारेका मेयर चन्द भन्छन–‘पराजयले राजनीति सकिदैन’

Share post:

महेन्द्रनगर । नेकपा (एमाले) कञ्चनपुरको सचिव पदमा पराजित भए पछि बेदकोट नगरपालिकाको मेयर असोक कुमार चन्द्रको प्रतिकृया आएको छ ।

मेयर चन्दले पराजय हुदैमा आफ्नो राजनीति नसकिने बताएका छन् । सामाजिक सञ्जालमा आफ्नो प्रक्रिया लेख्दै बुधबार उनले सचिवमा आफू पराजय भए पनि जनता र कार्यकर्ताको बिचमा निरन्तर काममा सक्रिय हुने उल्लेख गरेका छन् ।

एमालेको चुनाव चिन्ह सूर्यको तस्बीर राख्दै उनले सामाजिक सञ्चालनमा लेखेका छन्,‘‘राजनीतिलाई निर्वाचनले निखार्दै, तिखार्दै र सिंगार्दै लैजान्छ । पार्टीमा निर्वाचन आवधिक रूपमा हुन्छ। जित्नेले मात्र अवसर पाउने होइन, हार्नेले पनि अवसर पाउँछन्…’

चुनावमा आएको परिणामलाई स्वकीकार्य गर्नु पर्ने बताउँदै मेयर चन्दे पराजय हुदैमा कसैले निरास हुनु नपर्ने उल्लेख गरे ।

‘…त्यसैले चुनाव हार्दैमा राजनीति सकिदैन । हामी जनता र कार्यकर्ताको बिचमा निरन्तर काममा लागि रहन्छौ । त्यसैले कसैले पनि निरास हुनु पर्दैन,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आन्तरिक निर्वाचन परिणामलाई एक मुस्कानका साथ ग्रहण गर्ने र अर्को मुस्कानका साथ जबाफ दिने उत्साह जीवन्त राख्नु पर्छ ।’

मेयर चन्द एमाले कञ्चनपुरको सचिव पदमा ७ मतले पल्लबराज भट्टसंग पराजित भएका थिए ।

यो पनिः एमाले कञ्चनपुरमा पूर्वमाओवादी र दश बुँदे पक्षधरको बिजोग

ताजा समाचार