कोरोनाले रोकेन माघीको उल्लास [फोटो फिचर]

विज्ञापन

Share post:

महेन्द्रनगर । कोरोना संक्रमणको तेस्रो लहरको जोखिमकैबीच थारुहरुको महान् चाड माघी पर्वले पश्चिमी तराईका थारु बस्तीमा रौनक छाएको छ ।

सुदूरपश्चिम प्रदेशमा कैलाली र कञ्चनपुरमा बसोबास रहेको थारु बस्तीमा माघीको उल्लास छाएको हो ।

कोरोना सङ्क्रमण बढिरहेको जोखिमकाबीच थारु समुदायले परम्परागत रुपमा मनाइँदै आएको पर्वलाई निरन्तरता दिइरहेका छन् ।

कञ्चनपुरमा थारु समुदायको बसोबास रहेको बेलौरी, पुर्नवास, कृष्णपुर, शुक्लाफाँटा, बेदकोट र भीमदत्त नगरपालिकामा विभिन्न माघी मिलन कार्यक्रम सञ्चालन भएका छन् ।

यो पनिः माघीको मौकामा भीड जम्मा गर्दै स्थानीय सरकार, त्यहीँ राजनीतिक दलको चुनावी प्रचार !

‘हाम्रो मौलिक अनि विशेष पर्व विगत दुई वर्षयता कोरोना कहरले संत्रासका बीच मनाउँदै छौँ’, चौधरीले भने, ‘यस पटक पनि पर्वसँगै सावधानी अपनाउनुका साथै स्वास्थ्य सुरक्षामा समेत ख्याल गर्न जरुरी छ ।’

वर्ष दिनमा थारु समुदायको सबैभन्दा विशेषरुपमा मनाइने माघीका अवसरमा यहाँका विभिन्न थारु बस्तीमा परम्परागत नृत्यसहित रमाइलो गरिँदैछ । माघी पर्व थारु समुदायले नयाँ वर्षका रुपमा समेत मनाउने गरेका छन ।

थारु समुदायको गीतमा भनिएझैँ यस समुदायमा बालबालिकादेखि पाका पुस्तासम्म माघीकै रौनकता छ । माघ १ गतेदेखि सुरु हुने माघी पर्व थारु समुदायले सप्ताहव्यापी रुपमा मनाउने गर्दछन् ।

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

 

ताजा समाचार