सुदूरपश्चिममा राष्ट्रियसभा निर्वाचनः गठबन्धनका तीनै उम्मेदवार विजयी

Share post:

महेन्द्रनगर । सुदूरपश्चिममा राष्ट्रियसभा चुनावमा सत्तारुढ गठबन्धनका तीनै जना उम्मेदवार विजयी भएका छन् ।

निर्वाचन कार्यालयका अनुसार नेपाली कांग्रेसका नारायणदत्त मिश्र, माओवादी केन्द्रका जगत पार्की र एकीकृत समाजवादीकी गरिमा शाह राष्ट्रिय सभा सदस्यमा विजयी भएका हुन ।

रिक्त तीन पदका लागि भएको चुनावमा गठबन्धनका तर्फबाट खुलातर्फ मिश्र, दलिततर्फ पार्की र महिलातर्फ शाह उम्मेदवार बनेका थिए । उनीहरुले नेकपा एमालेका उम्मेदवारलाई पराजित गरेका हुन ।

खुलातर्फका उम्मेदवार मिश्रले प्रदेशसभातर्फको कूल ५२ मध्ये ३९ मत प्राप्त गर्दै विजयी भएका छन्. । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका डिल्लीराज भट्टले प्रदेशसभातर्फ १३ मत पाए ।

स्थानीय तहतर्फ कूल १७५ मध्ये मिश्रले १०४ मत र ६९ भट्टले मत प्राप्त गरेका छन् । स्थानीय तहतर्फ दुई मत बदर भएका थिए ।

दलितमा माओवादी केन्द्रका पार्कीले प्रदेशसभातर्फ ३९ मत र स्थानीय तहतर्फ १०५ मत प्राप्त गरेर विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका नरेश विकले प्रदेशसभातर्फ १२ मत र स्थानीय तहतर्फ ६७ मत पाएका छन् ।

दलिततर्फ प्रदेशसभामा १ र स्थानीय तहतर्फ ३ मत बदर भएका थिए । महिलामा एकीकृत समाजवादीकी शाहले प्रदेशसभातर्फ ३९ मत र स्थानीय तहतर्फ १०९ मत ल्याएर विजयी भएकी छन् ।

उनका प्रतिद्वन्द्वी एमालेकी सन्तोषकुमार थापा शर्माले प्रदेशसभातर्फ १२ मत र स्थानीय तहतर्फ ६४ मत प्राप्त गरिन् । महिलातर्फ प्रदेशसभातर्फ १ र स्थानीय तहतर्फ २ मत बदर भएका थिए ।

सुदूरपश्चिम ५२ जना प्रदेश सांसद र १७५ जना स्थानीय तहका प्रमुख÷उपप्रमुख निर्वाचनमा सहभागी भएका थिए ।

ताजा समाचार