महेन्द्रनगरको एक होटलमा २१ वर्षीय युवक मृत भेटिए

Share post:

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरमा रहेको ‘नाइन इलेभन’ होटलमा एक जना युवक मृत भेटिएका छन् ।

भीमदत्त नगरपालिका–१५ निम्बुखेडाका २१ वर्षीय मुकुल पाण्डेय होटलको कोठामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी चक्रबहादुर शाहले जानकारी दिए ।

उनका अनुसार घटनास्थलमा अहिले प्रहरी परिचालन गरिएको छ । ‘अहिले होटललाई सील गरिएको छ, अनुसन्धान भइरहेको छ ।’ उनले भने, ‘मृत्युको कारण खुल्न सकेको छैन ।’

घटना पछि आक्रोशित मृतकका आफन्तहरुले अहिले होटलमा ढुङ्गामुढा गरिरहेका छन् ।

ताजा समाचार