मुकुल मृत्यु प्रकरणः यी २० जनामाथी सोधपुछ !

Share post:

महेन्द्रनगर । कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरस्थित होटल ‘नाइन इलेभन’ मा युवक मृत भेटिएको घटनाको अनुसन्धानका लागि नियन्त्रणमा लिइएका होटल सञ्चालक कोमलबहादुर सिंह सहित कर्मचारी छुटेका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार घटनाको बारेमा सोधपुछ पछि होटल सञ्चालक सहित कर्मचारी छुटेका छन् । उनीहरुसंग समातिएका मृतकका साथी आशिष चन्द भने अझै प्रहरीको नियन्त्रणमै छन् ।

भीमदत्त नगरपालिका–१५ निम्बुखेडाका २१ वर्षीय मुकुल पाण्डेय बुधबार बिहान होटलको चौथो तलामा रहेको कोठा नम्बर ४०३ मा मृत भेटिएका थिए ।

घटनास्थलमा लागूपदार्थ सेवन गर्न प्रयोग गरिने ५ वटा सुई पनि भेटिएका थिए । लागूपदार्थको ओभरडोजले मुकुलको मृत्यु भएको हुनसक्ने प्रहरीको आशंका छ ।

प्रहरीले होटल सञ्चालक, कर्मचारी सहित २० जनालाई घटनाबारे सोधपुछ गरेको हो । ‘होटल सञ्चालक लगायतलाई सोधपुछ गरेर छोडेका छौं,’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी श्यामप्रसाद चौधरीले भने, ‘एक जनालाई भने नियन्त्रणमै राखेका छौं ।’

यो पनिः महेन्द्रनगर घटनाः सीसीटीभी खोतल्दै प्रहरी, अनुसन्धानको घेरामा साथी र होटल कर्मचारी

ताजा समाचार