माओवादी र कांग्रेस कार्यकर्ताबीच झडप, ८ जना घाइते

Share post:

सुर्खेत । चुनावी प्रचारको क्रममा रुकुमपश्चिममा नेपाली कांग्रेस र नेकपा माओवादीका कार्यकर्ताबीच झडप भएको छ । झडपमा ८ जना कांग्रेस कार्यकर्ता घाइते भएका छन् ।

जसमध्ये ६ जनाको जिल्ला अस्पताल सल्ले र दुईजनाको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । कृष्ण पुन, वीरबहादुर वली, दुर्गाबहादुर वली, वीरबहादुर वली, चन्द्रबहादुर खड्कालगायतको जिल्ला अस्पताल सल्लेमा उपचार भैरहेको छ । २ घाइते स्थानीय मेडिकलमा उपचार गराइरहेका छन् ।

झडपको क्रममा नुवाकोटस्थित प्रहरी चौकीमा सुरक्षा माग्दै गएका कांग्रेस कार्यकर्तालाई प्रहरी कार्यालयबाटै निकालेर कुटपिट गरिएको कांग्रेस कार्यकर्ताको आरोप छ । तर, माओवादीनिकटका युवाले भने चुडामणि शर्माको घर तोडफोड गरेको भन्दै तरुण दलका कार्यकर्तालाई लखेटेको जानकारी प्राप्त भएको प्रहरीले बताएको छ ।

कांग्रेसनिकट नेपाल तरूण दलका कार्यकर्ता प्रहरी चौकीभित्र रहेको भन्दै वाईसीएलले चौकी समेत सामान्य तोडफोड भएको हो । त्रिवेणी वडा नम्बर ९ नुवाकोटस्थित चौकीमा कांग्रेस कार्यकर्ता छिरेपछि वाईसीएलले ढुंगामुडा गरेर तोडफोड गरेको प्रहरीले जनाएको छ ।

माओवादी कार्यकर्ताहरूले नेपाली कांग्रेसको तर्फबाट अध्यक्षको पदका उम्मदेवार रहेका अमरसिं खड्काले प्रयोग गर्दै आएको रा.१ च १२६२ नम्बरको जीपमा समेत आक्रमण गरेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक विष्णुप्रसाद सोतीले वाईसीएल र तरूण दलका कार्यकर्ताबीच झडप भएको बताए ।

‘त्यहाँ झडप भएको हो । घटनाबारेमा हामी थप अनुसन्धान गर्दैछौं’, उनले भने, ‘अहिले थप सुरक्षाकर्मी पठाइसकेका छौं । स्थिति नियन्त्रणमा छ ।’

ताजा समाचार