दार्चुलामा हायस दुर्घटना, ३ जनाको घटनास्थलमै मृत्यु

Share post:

महेन्द्रनगर । दार्चुलामा सोमबार हायस दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार से १ ज २७७ नम्बरको हायस शैल्यशिखर नगरपालिका–६ मा दुर्घटना हुँदा तीन जनाको ज्यान गएको हो ।

मृत्यु हुनेमा चालक प्रकाशसिंह धामी र सहचालक नविनसिंह धामी रहेका छन् । अर्का मृतकको पहिचान खुल्न सकेको छैन ।


नेकपा एमालेको विजयी जुलुसका लागि कार्यकर्ता लिन उल्लेनीबाट गोकुलेश्वर जो क्रममा सडकबाट ५ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

‘हायस विजयी जुलुसका लागि कार्यकर्ता लिन गइरहेको रहेछ, दुर्घटनाम परेर तीन जनाको मृत्यु भएको छ,’ प्रहरी निरीक्षक हिक्मत सिंह थापाले दैनिक सञ्चारसंग भने, ‘हायसमा तीन जना मात्रै सवार थिए ।’

दुर्घटनाको कारण घुल्न सकेको छैन । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल दार्चुला लगिएको छ ।

ताजा समाचार