प्रधानमन्त्री शेरबहादुर देउवाका भाइको निधन

Share post:

महेन्द्रनगर । प्रधानमन्त्री शेरबहादुर देउवालाई भ्रातृशोक परेको छ । उनका भाइ प्रेमबहादुर देउवाको मंगलबार बिहान वीर अस्पतालमा निधन भएको हो ।

कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ बंक निवासी देउवा फोक्सोको क्यान्सरबाट ग्रसित थिए । पछिल्लो समय काठमाडौँको बूढानीलकण्ठ (भंगाल) बस्दै आएका उनी केही समयदेखि उपचाररत थिए ।

ताजा समाचार