महेन्द्रनगर । कञ्चनपुरको बेलौरी नगरपालिकाको प्रमुखमा माओवादी केन्द्रका पोतीलाल चौधरी दोहोरिएका छन् ।
०७४ सालमा मेयरमा निर्वाचित उनी यसपटक पनि विजयी भए । चौधरीले ८ हजार ७ सय ८७ मत प्राप्त गरे ।
उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका कमला बोहराले ६ हजार ८ सय ३ मात्रै ल्याउन सकिन् ।
त्यस्तै, बेलौरीको उपप्रमुखमा नेकपा एमालेका जोगराम चौधरी विजयी भएको निर्वाचन अधिकृत तारासिंह धामीले जानकारी दिए ।
चौधरीले ७ हजार ५ सय ८३ मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिद्धन्द्धी माओवादी केन्द्रका मञ्जु शाहले ६ हजार ८ सय ३५ मत भन्दा बढि कटाउन सकिनन् ।