धनगढी उपमहानगरमा मतान्तर बढाउँदै गोपी

Share post:

कैलाली । धनगढी उपमहानगरपालिकामा अहिलेसम्म १७ हजार १५९ मतपत्र गणना सकिएको छ ।

यसमध्ये उपमहानगरपालिकाको प्रमुखका लागि स्वतन्त्र उम्मेदवारी दिएका गोपाल हमालले ७ हजार ८१६ मत प्राप्त गरेका छन् ।

उनलाई नेपाली कांग्रेसका उम्मेदवार नृपबहादुर वड ३ हजार ८७१ मतका साथ पछ्याइरहेका छन्।

कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका वड उपमहानगरपालिकाका निवर्तमान प्रमुख पनि हुन् ।

धनगढीमा नेकपा एमालेका उम्मेदवार रणबहादुर चन्द १ हजार ९२१ मतका साथ तेस्रो स्थानमा छन् ।

उपमहानगरपालिका उपप्रमुखमा नेकपा माओवादी केन्द्रका उम्मेदवार शान्ति अधिकारी ३ हजार ४१६ मतसहित पहिलो स्थानमा छन् ।

उनलाई एमाले उम्मेदवार कन्दकला राना ३ हजार ३०७ मतका साथ पछ्याइरहेकी छन् ।

उपप्रमुखका स्वतन्त्र प्रभाकर भण्डारीले १ हजार ९०० मत प्राप्त गरेका छन् ।

ताजा समाचार