कञ्चनपुर । कञ्चनपुरको बेदकोट नगरपालिका–६ मुसेपानीकी ४३ वर्षीया रञ्चुला साउदको मृत्यु घटनाका ३ जना आरोपी पुर्पक्षका लागि कारागार चलान भएका छन् ।
गत बैशाख ३ गते भूत भगाउने भन्दै धामीझाक्रीको कुटाइबाट रञ्चुलाको ज्यान गएको थियो । यस घटनामा हत्या आरोपमा ९ जना विरुद्ध जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा मुद्दा दर्ता भएको थियो ।
तीमध्ये धामीझाक्रीका नाइके भीमदत्त नगरपालिका–७ हल्दुखाल बस्ने धामीझाँक्री धर्मानन्द भट्ट, कमला साउद र जानकी घटाललाई जिल्ला अदालतले पुर्पक्षका लागि जेल चलान गर्ने आदेश गरेको छ ।
यस्तै, आरोपीमध्येका ५ जना एक/एक लाख धरौटीमा छुटेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा डीएसपी चक्रबहादुर शाहले बताए ।
धरौटीमा छुट्नेमा भीमदत्त नगरपालिका–१ बाराकुण्डाका नारायणदत्त भट्ट, गौरीदेवी साउद, कुबेर सिंह साउद, चक्र सिंह साउद र जयदेव सिंह साउद रहेका छन् । आरोपीमध्येकी एक चन्चला साउद भने फरार रहेकी छन् ।