वित्थडमा यसरीे बन्दैछ चिल्ड्रेन पार्क (फोटो फिचर)

Share post:

रमेश बोहरा/देउलेख । बझाङको वित्थडचिर गाउँपालिका–१ स्थित वित्थडको चिल्ड्रेन पार्क निर्माणाधीन अवस्थामा रहेको छ । संघ र स्थानीय सरकारको लगानीमा जागृती निर्माण सेवा चैनपुरले पार्क बनाइरहेको हो ।

पार्क निर्माणका लागि केन्द्रीय सरकारको ससर्त अनुदान अन्तर्गत १ करोड ४३ लाख ४९ हजार र वित्थडचिर गाउँपालिकाको ६१ लाख ४६ हजार ४ सय ८३ बजेट छ ।

२०७८ साउनदेखि काम सुरु भएको पार्कको ६५ प्रतिशत काम सम्पन्न भएको गाउँपालिकाले जनाएको छ । चालु आर्थिक वर्षमा पार्क निर्माण गरिसक्नु पर्ने भए पनि वर्षाको कारण बजेट भुक्तानी नहुँदा काममा ढिलाइ भएको छ ।

यस्तो छ निर्माणाधीन चिल्ड्रेन पार्क

ताजा समाचार