बझाङ । वित्थडचिर गाउँपालिका–९ स्थित सुनकुडा नमूना क्याम्पसका शिक्षकलाई पारिश्रमिक व्यवस्थापन गर्न क्याम्पस प्रशासनलाई समस्या परेको छ ।
क्याम्पसमा कार्यरत शिक्षकहरुलाई तलब उपलब्ध गराउन समस्या भएको क्याम्पस प्रमुख चक्र बहादुर ढाटले बताए ।
वि.सं. २०६४ सालमा स्थापना भएको क्याम्पसमा ९ जना शिक्षक र १ जना कार्यालय सहयोगी गरी जम्मा १० जना कर्मचारी रहेका छन् ।
जसमध्ये पूर्णकालीनतर्फ ४ जना, आंशिकतर्फ ३ जना, प्रशासन अधिकृत १ जना, खरिदार १ जना र कार्यालय सहयोगी १ जना छन् ।
अहिलेसम्म विद्यार्थीबाट शूल्कबापत संकलन भएको रकमले शिक्षक तथा कर्मचारीको तलब व्यवस्थापन गरिएको क्याम्पस प्रमुख ढाटले बताए ।