बझाङमा टेलिफोन नेटवर्कको समस्या, स्थानीय सञ्चारविहिन

विज्ञापन

Share post:

बझाङ । बझाङका स्थानीय तहहरुमा मोबाइल नेटवर्कको समस्याका कारण स्थानीय बासिन्दा सञ्चारविहिन भएका छन् ।

बित्थडचिर गाउँपालिका, बुंगल नगरपालिका र केदारस्युँ गाउँपालिकाका विभिन्न स्थानहरुमा नेपाल टेलिकमको नेटवर्कको समस्या रहेको स्थानीय बासिन्दाले बताएका छन् ।

कतिबेला नेटवर्क आउने कतिबेला जाने, कामको समयमा नेटवर्कले राम्ररी काम नगर्ने, फोन गर्न डाँडा काँडा धाउनुपर्ने झन्झटिलो बाध्यता रहेको वित्थडचिर गाउँपालिकाका स्थानीयले बताएका छन् ।

नेपाल टेलिकमले टावर ठड्याएकै छन तर नेटवर्कले काम गर्दैन बित्थडचिरका स्थानीयले बताएका छन । बित्थडचिर गाउँपालिकाको धारिडाँडा र देउलेख डाँडामा तेस्तै बुंगल नगरपालिकाका जयनलि डाँडा, खिरातडि गाउँ, डिन्नु डाडा दह बगर डाँडा र केदारस्युँ गाउँपालिकाको केदार डाँडामा नेपाल टेलिकमका टावर रहेका छन् ।

डाँडामा टावरहरु भएको भएपनि अहिले सम्म टावर रहेका डाँडा सम्म विजुली पुर्‍याउने पहल भने कुनै निकाय बाट नभएको केदारस्युँ गाउँपालिका देउराका स्थानीय दिपेन्द्र भन्डारीको गुनासो छ । ‘घाम लाग्यो फोन गरिन्छ बिहान बेलुका नेटवर्कले कामै गर्दैन हामीले सञ्चार विहिन हुनु परेको छ’ उनले भने ।

यता बित्थडचिर गाउँपालिकाको देउलेख डाँडा सम्म बिजुलीको खम्बा गाडिने कार्य सकिएर विजुली पुर्‍याउने पहल भैईरहेको र बित्थडचिर बासीको नेटवर्क समस्या समाधान गर्ने प्रयास गरिरहेको गाउँपालिका अध्यक्ष अम्मर सिंह महरले जानकारी दिए ।

बुंगल नगरपालिकामा पनि नेटवर्कले काम नगर्ने गरेको स्थानीय दिपक पातलीले बताए । बझाङ जिल्लाका बिभिन्न स्थानमा नेटवर्कले काम नगरेको कारण अब छिटै सम्बन्धित निकायले गम्भीरतापूर्वक ध्यान दिनुपर्ने सर्बसाधारणको भनाइ रहेको छ ।

ताजा समाचार