बित्थडचिरमा रुपान्तरण सम्बन्धि तीन दिने तालिम सुरु

विज्ञापन

Share post:

बझाङ । बित्थडचिर गाउँपालिकामा पिस विन नेपालले किशोर किशोरीहरुको समग्र विकासका लागि रुपान्तरण सम्बन्धि तालिम आयोजना गरेको छ ।

किशोर किशोरीको विकासका लागि अभिभावकलाई दिइने रुपान्तरण सम्बन्धि प्रशिक्षण तीन दिनसम्म चल्ने छ ।

बालविवाह अन्त्य गर्ने उद्धेश्यले १९ गतेसम्म चल्ने तालिममा बित्थडचिरको वडा नम्बर ५ र ६ वडामा सञ्चालन भइरहेको पिस विन नेपालका फिल्ड सुपरभाइजर राजेन्द्र सिंहले बताए ।

बित्थडचिर गाउँपालिकाकी उपाध्यक्ष धनलक्ष्मी मल्लको प्रमुख आथिथ्यतामा सुरु भएको कार्यक्रममा, वडा नम्बर ५ वडा अध्यक्ष अनिल सिह महर र वडा नम्बर ६ का अध्यक्ष हरिश खड्का लगायत स्थानीयको सहभागीता रहेको थियो ।

ताजा समाचार