महेन्द्रनगरको ट्राफिक चोकमा जेब्रा क्रसिङ्ग

विज्ञापन

Share post:

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–४ ट्राफिक चोकमा ‘जेब्रा क्रसिङ्ग’ बनाइएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय र मन्त्र हस्पिटलले संयुक्त रुपमा ट्राफिक चोकमा ‘जेब्रा क्रसिङ्ग’ बनाएको हो ।

सडक दुर्घटना न्यूनिकरण गर्नका लागि पूर्व पश्चिम महेन्द्र राजमार्गको ट्राफिक चोकमा जेब्रा क्रसिङ्ग राखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक उमेश चन्दले जानकारी दिए ।

‘जथाभावी सडक काट्दा दुर्घटनाहरु बढ्दै गएका छन्, त्यसैले ट्राफिक चोक क्षेत्रमा जेब्रा क्रसिङ्ग राखेका छौँ, उनले भने, ‘यसले दुर्घटना न्यूनिकरणमा सघाउ पुग्ने छ ।’

बाटो काट्दा जेब्रा क्रसिङ्ग भएर मात्र ओहोरदोहोर गर्न उनले यात्रुहरुलाई आग्रह समेत गरे ।

सडक दुर्घटना दिनहुँ बढ्दै गए पछि सो नियन्त्रण गर्ने हेतुले मन्त्र हस्पिटलको अगाडि ट्राफिक चोकमा जेब्रा क्रसिङ्ग राखिएको अस्पतालका मेडिकल निर्देशक डा. गोविन्द रोकायाले बताए ।

‘चोकमा जेब्रा क्रसिङ्ग थिएन, बाटो काट्दा धेरै दुर्घटनाहरु भएका छन्,’ उनले भने, ‘यसलाई कमी ल्याउने उद्धेश्यले जेब्रा क्रसिङ्ग राखिएको हो ।’

ताजा समाचार