वित्थडचिरमा विद्यार्थी बेहोस हुन थालेपछि एक साता विद्यालय बन्द

विज्ञापन

Share post:

रमेश बोहरा/बझाङ । वित्थडचिर गाउँपालिका–१ स्थित केदार माध्यमिक विद्यालयका छात्राहरु बेहोस हुन थालेपछि एक साता विद्यालय बन्द गरिएको छ ।

आइतबार २५ जना छात्राहरु बेहोस भएकोमा सोमबार ६ जना छात्राहरु बेहोस भएका हुन् । उनीहरुकोे २ घण्टा पछि होस आएको विद्यालयका प्रधानाध्यापक बिष्णुसिंह बोहराले बताए ।


उनले भने,‘विद्यार्थीहरु एक पछि अर्को हुदैँ बेहोस भएका छन्, पहिलो दिन एकजना बेहोस भएपछि लगातार अरु पनि बेहोस हुनथाले, उद्धारमा खटिएका शिक्षिकालाई समेत समस्या भयो ।’

पहिलो दिन बेहोस भएका सबैलाई घर पठाए पनि दोश्रो दिन स्वास्थ्य चौकीमा पु¥याएर डाक्टरबाट परीक्षण गराएको उनले बताए ।
बेहोस भएका छात्राहरु नबोल्ने तथा इसाराले घाटी च्यापिएको बताउने, आखाँ फर्काउने लक्षण देखिने गरेका छन् ।

विद्यार्थीहरुमा बेहोस हुने समस्या देखिएपछि सोमबार देउलेक प्राथमिक स्वास्थ्य केन्द्रबाट डाक्टर बोलाइएको थियो । उनीहरुमा मास हिस्टेरिया भएको डाक्टर ईश्वर बलामीले बताए । ‘सबैभन्दा पहिला समस्या देखिएका छात्रामा केहि समस्या हुनसक्छ्, त्यसको जाँच गर्नुपर्छ,’ उनले भने, ‘यो समस्याका लागि आइसोलेशनमा बस्नुपर्छ, सबै छात्राहरु एकै ठाउँमा भएमा धेरैलाई समस्या हुनसक्ने भएकाले केहिदिन छुट्टाछु्ट्टै राख्नुपर्छ ।’

चिन्ता तथा डरका कारण त्यस्तो समस्या आउने गरेको डाक्टर बलामी बताउँछन् । एक जनामा समस्या भएपछि सरुवा रोग जस्तै अरुमा समेत यस्तो समस्या आउने उनको भनाइ छ । बिरामीमा केही अन्य स्वास्थ्य समस्याहरु देखिएमा अस्पताल ल्याउन चिकित्सकको सुझाव छ ।

ताजा समाचार